देश

मालु मतदान केन्द्रमा मतपत्र ठेलीसहित हिँड्ने नेतालाई नियन्त्रण, चितवनमा पनि निर्वाचन विरोधी गतिविधि गर्ने नियन्त्रणा

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४, मालु मतदान केन्द्रमा मतपत्रको ठेली बोकेर हिँडिरहेका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदानको क्रममा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीले मतपत्रको ठेली बोकेर हिँडेका थिए। उनीहरूसहित केहीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। हालसम्म उनीहरूले बोकेर लगेको मतपत्र फेला नपरेको र त्यसकारण पुनः मतदान गर्ने सम्भावना खुलेको निर्वाचन स्रोतहरूले जनाएका छन्।

स्थानीय निर्वाचनमा कांग्रेस र नेकपाका पक्षले बुथ कब्जा गर्ने प्रयास गर्दा एमाले र रास्वपाले विरोध जनाएका थिए, जसका कारण तनावको अवस्था सिर्जना भएको थियो। एमाले र रास्वपा भने पुनः मतदानको माग गर्दै आएका छन्। आवश्यक निर्णय निर्वाचन आयोगले अनुसन्धानपछि गर्ने जनाइएको छ।

चितवनमा पनि निर्वाचन विरोधी गतिविधि नियन्त्रणमा

चितवनको भरतपुर महानगरपालिका–१० मा मतदान चलिरहेको बेला निर्वाचन विरोधी पर्चा वितरण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरू हुन्— नेकपा बहुमतको जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र विद्यार्थी संगठनका चितवन संयोजक किरण गौतम। उनीहरूको साथबाट मोबाइल फोन र पर्चा–पम्प्लेटसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। यी घटनाले निर्वाचन प्रक्रियामा केही असुविधा र तनाव देखिएको भए पनि सुरक्षा निकायहरूले निगरानी राख्दै शान्तिपूर्ण मतदान सुनिश्चित गर्ने प्रयास गरिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *