काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानमा आवश्यक सुधार गर्न सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
मोरङस्थित आदर्श स्कुल मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनको विषयमा सबै दललाई समेटेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले संविधानमा आवश्यक सुधारका लागि नेपाली कांग्रेसले पहल गर्ने बताउँदै यस प्रक्रियामा अन्य दलहरूको सहभागिता पनि जरुरी रहेको उल्लेख गरे।
कोइरालाका अनुसार व्यापक सहमतिको आधारमा मात्रै संविधान संशोधनको प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सक्छ। त्यसका लागि सबै दललाई साथमा लिएर छलफल र सहकार्य गर्नुपर्ने उनले बताए।




