ताजा समाचार

कर्मचारीहरूले पाएनन् मतदान गर्न, सहजीकरण भइरहेको आयोगको भनाइ

 

काठमाडौँ । आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ । हरेक मतदातालाई मताधिकारको अधिकार छ र सम्बन्धित स्थानमा गएर मतदान गरिरहेका छन् ।
निर्वाचनमा खटिएका कर्मचारीहरुको हकमा भने उनीहरूले आफू खटिएको सम्बन्धित बुथबाटै समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रावधान छ ।
मतदानमा खटिएका तथा ड्युटीमा खटिएका निजामति कर्मचारी, प्रहरी, सेनालगायतले अस्थायी मतदान केन्द्रमा आफ्नो परिचय पत्र देखाएर समानुपातिकमा मतदान गर्न पाउँछन् ।
यद्यपि आफूहरूले मतदान गर्न नपाएको भनेर कर्मचारीहरूले गुनासो गरिरहेका छन् । मतदान अधिकृतले मतदान गर्न दिन रोकेको भनी कर्मचारीहरूले भनेका छन् । कर्मचारीहरुलाई मतदान केन्द्रमा नाम नभएकाले मतदान गर्न पाउँदैन भनेर रोकिरहेको एक प्रहरी अधिकृतले बताए ।
यदि उनीहरूले मतदान गर्न पाएनन् भने तीन लाख भन्दा बढी मत समानुपातिकमा खेर जाने देखिन्छ ।
यस सम्बन्धमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सहजीकरण गरिरहेको बताएका छन् ।
यद्यपि यो विशेष आयोगसम्म आउनु नपर्ने र मुख्य निर्वाचन अधिकृतले हरेक जिल्लामा मतदानको व्यवस्था मिलाउने अधिकार भएको बताए ।
उनले भने, ‘यो अस्थायी नामावली तयार गर्ने सम्बन्धित जिल्लाले मिलाउने विषय हो । काठमाडौँमा अलिअलि केही कुरा आ’छ हाम्रा साथीहरुले सहजीकरण गर्दै हुनुहुन्छ । नामावली अद्यावधिक गर्ने बेलामा केहीको छुटेको हो कि भन्ने कुरा हामीले पनि थाहा पाएका छौँ । साथीहरु सहजीकरणमा जुटिरहनु भएको छ ।’

उनले सबैले मतदान नै गर्न पाउने कुराको निश्चित भने नभएको संकेत गरे । भट्टराईले भने, ‘के छ स्टाटस यताबाट हुन सक्ने जति सहयोग भाछ । वास्तवमा यो आयोगमा आउन नपर्ने विषय हो जिल्लाबाट मुख्य निर्वाचन अधिकृतहरुलाई प्रमाणित गर्ने अधिकार दिइएको छ । यहाँ केही छुटेको भन्ने भएकाले गर्ने उहाँहरुले हो, आयोगले नीतिगत सहजीकरण गर्ने हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *