काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा निर्वाचन कर्मचारी र सुरक्षाकर्मी सवार गाडी रामेछापमा दुर्घटनामा परेको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार रामेछाप नगरपालिका–२ देउराली क्षेत्रमा सोमबार दिउँसो दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भएको हो। मन्थलीबाट रामेछाप–२ र ३ का मतदान केन्द्रतर्फ निर्वाचन सामग्री लिएर जाँदै गरेको गाडी देउराली सिरुवारीको भिरबाट खसेको बताइएको छ।
दुर्घटनामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका मतदान अधिकृत, कर्मचारी तथा नेपाल प्रहरीका असईसहितको टोली सवार रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोल भट्टका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। उनले घाइते तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको बताए।
निर्वाचनको पूर्वतयारी तीव्र पारिएको बेला भएको यस दुर्घटनाले सम्बन्धित क्षेत्रको व्यवस्थापनमा चुनौती थपिएको छ। थप विवरण आउन बाँकी छ।




