देश

निर्वाचन र समसामयिक एजेन्डामा आज प्रधानमन्त्री कार्कीको विशेष सम्बोधन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेकी छन्। फागुन २१ मा तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन तथा पछिल्ला समसामयिक विषयलाई केन्द्रमा राखेर सम्बोधन हुन लागेको जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सम्बोधनको ढाँचा र समयबारे अन्तिम तयारी भइरहेको छ। प्रत्यक्ष प्रसारणमार्फत सन्देश दिने कि रेकर्ड गरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए। “आज प्रधानमन्त्रीज्युबाट राष्ट्रका नाममा महत्त्वपूर्ण सन्देश आउने तयारी छ,” रावलले भने।

प्रधानमन्त्री कार्की गत भदौ २७ मा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नियुक्त भएकी थिइन्। भदौमा सम्पन्न ‘जेनजी आन्दोलन’पछि विकसित राजनीतिक परिस्थितिका बीच उनलाई ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको थियो।

आगामी निर्वाचनको तयारी, सरकारको उपलब्धि र वर्तमान राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीको धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ। सम्बोधनलाई निर्वाचनपूर्वको औपचारिक सन्देशका रूपमा समेत हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *