देश

प्रसाईंको रिहाइको अपेक्षामा समर्थक माइतीघरमा भेला

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं को सम्भावित रिहाइलाई केन्द्रमा राख्दै उनका समर्थकहरू माइतीघर मण्डलमा भेला भएका छन्। सर्वोच्च अदालतको आदेशपछि उनलाई आज अदालतमा उपस्थित गराउने तयारी भएपछि समर्थकहरूको उपस्थिति बढेको हो।

सर्वोच्च अदालत ले गत शुक्रबार प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। उक्त आदेशपछि उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतसमक्ष उपस्थित गराउने प्रक्रिया अघि बढाएको छ। सम्भावित रिहाइको चर्चा चलिरहँदा उनका सयौँ समर्थक माइतीघर क्षेत्रमा भेला भएका हुन्।

प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट समेत पक्राउ परेका थिए। पछिल्लो समय निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपसहित सरकारी निर्देशनका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको थियो।

माइतीघर क्षेत्रमा समर्थकहरूको उपस्थितिसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शन तथा भेला शान्तिपूर्ण राख्न सुरक्षाकर्मीले निगरानी बढाएका छन्। अदालतको निर्णयपछि प्रसाईंको कानुनी अवस्था के हुन्छ भन्ने विषयमा चासो बढेको छ भने समर्थकहरू भने उनी रिहा हुने अपेक्षामा रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *