देश

सिन्धुपाल्चोक – १ मा युवा नेता माधव सापकोटाको पक्षमा चुनावी माहोल

काठमाडौं । नेपाली कम्युष्टि पार्टी (नेकपा)का नेता माधव सापकोटा (सुबोध) चुनावी मैदानमा उत्र्रिएपछि सिन्धुपाल्चोक १ मा चुनावी माहोल तातिएको छ । सापकोटा यसभन्दा अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो पटक संसदमा बसेर नीति निर्माण तहमा महत्वपूर्ण योगदान दिएकाले पनि सापकोटा अहिले सिन्धुपाल्चोक १ मा लोकप्रिय उम्मेदवारका रुपमा चिनिएका छन् ।

सिन्धुपाल्चोकका जनताहरुले सापकोटालाई विकासप्रेमी,सरल ,जनमुखी तथा दुरदर्शी नेताका रुपमा चिन्ने गरेका छन् । नेता सापकोटाले सिन्धुपाल्चोक जिल्लाका लागि सडक संजाल,पूर्वाधार,स्वास्थ्य ,शिक्षा र आर्थिक गतिविधीलाई अघि बढाउने उदेश्यसहित विभिन्न योजनाहरु अघि सारेका छन् । सिन्धुपाल्चोक १ भएर जाने अरनिको राजमार्गको स्तर उन्नतीका लागि बजेट सुनिश्चिता गरी काम समेत सुरु भएको छ ।

त्यसैगरी बन्द रहेको तातोपानी नाका खोल्नुका साथै जुरे पहिरो पीडितले राहत प्राप्त गर्ने,जुगल हिमालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई सहजीकरण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेलका थिए । सिन्धुपाल्चोक १ मा मत माग्दै गर्दा सापकोटाले आफुलाई विकासप्रेमी नेताका रुपमा प्रस्तुत गरेका छन् । सापकोटाले राजनीतिक यात्राको शुभारम्भ गरेसँगै कुनै चटक र स्टन्ट देखाउने गरेका छैनन्,त्यसैले यसपटक पनि विकासको मुल्याङकन गर्दै पुनः सापकोटालाई मत दिने मनस्थितिमा मतदाताहरु पुगेका छन् ।

सापकोटा देशको विकासका लागि केही गरौँ भन्ने हुटहुटी बोकेर राजनीतिमा लागेका एक सरल र कर्णप्रिय नेताका रुपमा मतदातासमक्ष परिचित रहेका छन् । त्यसैले अहिले सापकोटा निर्वाचन क्षेत्रका हरेक मतदाताको घरदैलोमा पुगेर दुःख सुख बुझ्ने काम गरिरहेका छन् । के कस्तो विकासको काम गर्नुपर्ने हो, त्यसको टिपोट गरिहेका छन् । त्यसैले स्थानीय स्तरमा सापकोटाप्रति ब्यापक जनसमर्थन देखिएको छ । सिन्धुपाल्चोक १ मा युवा नेता सापकोटाको योगदान ,जनतासंगको निकटता र परिणाममूखी शैलीका कारण उनको जित सुनिश्चित जस्तै देखिएको मतदाताहरुले बताउँछन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *