काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को महाविनाश अप्रत्याशित घटना नभएको बताएका छन् ।
एमालेको चुनावी घोषणा पत्र सार्बजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भदौ २४ को घटना अप्रत्याशित नभएको दाबि गर्दै यो लोकतन्त्रविरुद्धको लामो समयदेखिको योजनाबद्ध आक्रमण भएको दाबी गरेका हुन् ।
उनले विचारहीन र दिशाहीन स्टन्टबाट एमाले टाढा रहेको बताउदै आफुहरुको गन्तव्य विकास र समृद्धि भएको बताएका छन् ।
उनले सिंहदरबार, सर्वोच्च अदालतलगायतका जलाइएका संरचना पुनर्निर्माण गर्ने र निजी क्षेत्रको टुटेको विश्वासलाई जोड्ने जिम्मेवारी एमालेको काधमा आएको बताए ।
पुस्तान्तरणको भ्रम फैलाइएको भन्दै ओलीले देश पुस्ताको द्वन्दले नबन्ने स्पष्ट गरे । ओलीले युवा भनेको आगो र अनुभव उज्यालो भएको भन्दै आगो र उज्यालो एकसाथ आएर देश बनाउनु पर्ने बताए ।
उनले यो निर्वाचन देश भत्काउने र बनाउने बीचको लडाई भएको भन्दै एमाले देश बनाउने पार्टी भएको बताए ।एमालेले जिम्मेवारी पाएको समयमा काम गरेर देखाएको भन्दै सबै मतदातालाई संबिधानको रक्षा गर्न र लोकतन्त्रलाई बचाउन मतदान गर्न आव्हान समेत गरेका छन् ।




