राजनीति

नेपाली कांग्रेसप्रतिको विश्वास : मधेशमा जनताको उत्साहजनक सहभागिता,निर्वाचनमा उच्च स्थान हासिल गर्ने संकेत

काठमाडौं । आगामी निर्वाचन नजिकिँदै गर्दा मधेशमा देखिएको जनताको प्रतिक्रिया कांग्रेसका लागि उत्साहजनक संकेत बनेको छ। मधेशका विभिन्न जिल्लामा पार्टीप्रति लाखौँ मतदाताको जनलहर देखिनु, आगामी निर्वाचनमा कांग्रेसले उच्च स्थान हासिल गर्ने सम्भावनालाई बलियो बनाएको छ। बुधबार नेपाली कांग्रेसले प्रतिवद्धता पत्र सार्वजनिक गर्न मधेश प्रदेशको राजधानी जनकपुरमा संचालन गरेको एक कार्यक्रममा देखिएको लाखौँको उपस्थितले अनपेक्षित रुपमा पछिल्लो समय कांग्रेसमाथि जनविश्वास बढ्न थालेको प्रष्टै देखिएको छ ।

स्थानीय स्रोतका अनुसार, मधेशका बजार, चोक, र सभा स्थलहरूमा कांग्रेसका कार्यक्रमले असाधारण सहभागिता पाएको छ। स्थानीय नेताहरूले जनताले दिएको समर्थनलाई पार्टीको लोकप्रियता र विश्वसनीयताको प्रमाण भन्दै, निर्वाचनको तयारीमा ढुक्क भएको बताएका छन्। विश्लेषकहरूका अनुसार, मधेशमा देखिएको जनलहरले कांग्रेसका उम्मेदवारलाई मात्र होइन, पार्टीको राष्ट्रिय रणनीतिलाई पनि मजबुत बनाउने सम्भावना छ। यसले मतदातामा पार्टीको विश्वास र नीति–प्रतिको समर्थन बढाएको देखिन्छ।

कांग्रेस नेताहरूले भने, “जनताको सक्रिय सहभागिताले हाम्रो जिम्मेवारी बढाएको छ। हामी आगामी निर्वाचनमा जनताको आशा अनुसार परिणाम दिन प्रतिबद्ध छौं।” मधेशमा राजनीतिक गतिविधि उच्च भएको यो समय, कांग्रेसका लागि प्रतिस्पर्धी दलहरूमा चुनौती थप्ने संकेत स्वरूप देखिएको छ।

फेसबुक लिङ्क क्लिक गरेर हेर्नुहोस् मधेशमा कांग्रेसप्रतिको क्रेज र उत्साहजन सहभागिता

https://www.facebook.com/groups/1320459138325189

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *