देश

भारत रिझाउँदै रवि लामिछाने, होटलमा भेटे राजदूत श्रीवास्तव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी भारतसँग सम्बन्ध सुधारमा लागेका छन् । अहिलेसम्म ठूला दललाई विदेशी इसारामा चलेको आरोप लगाउँदै आएका रविले चुनावको मुखमा भारतीय राजदूत नवीन श्रीवास्तवलाई गोप्य भेटेपछि यसले नयाँ तरंग सिर्जना भएको छ ।

सहकारी ठगी काण्डले रक्षात्मक अवस्थामा पुगेको रास्वपा काठमाडौंका तत्कालीन मेयर बालेन्द्र साह बालेनलाई भित्र्याएपछि बौरेको थियो । अझ बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्तावित गरेपछि यसले एउटा सनसी मच्चाएको छ । त्यही भएर अहिले रवि लामिछाने रास्वपाले क्लिन स्विप गर्ने र बहुमतको सरकार बनाउने दाबी गर्न थालेका छन् ।

अमरेका र भारतको ग्रयान्ड डिजाइनअनुसार रास्वपा चलेको सर्वसाधारण नागरिकले पनि अनुभूत गरेका छन् । जसकारण उत्तरको छिमेकी चीन नेपालको अहिलेको राजनीतिक अवस्थाप्रति अत्यन्त रुष्ट रहेको कूटनीतिज्ञहरूको भनाइ छ । यस्तो अवस्थामा रविले भारतीय राजदूत नवीन श्रीवास्तवसँग गोप्य भेटवार्ता गरेपछि चीन झस्केको छ । रवि र श्रीवास्तवबीचको भेटघाटबारे अहिलेसम्म केही सार्वजनिक भएको छैन । तर रविले चुनावपछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र सहयोग गर्न आग्रह गरेको स्रोतले बतायो ।

रवि आफैं अहिले संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियुक्त हुन् । उनी धरौटी बुझाएर रिहा भएका हुन् । चुनाव जिते पनि उनी उनी सांसद बन्न पाउने छैनन् । त्यसैकारण रविले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका हुन् ।राजदूत श्रीवास्तव भेट्न लामिछाने मंगलबार काठमाडौं जिल्ला अदालतमा तारेख बुझेर बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगेका थिए ।

रवि भारतीय राजदूतसँग भेटेर साढे ५ बजे बाहिरिएको बताइएको छ । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गएको अवस्था, लामिछानेमाथि अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण तथा संगठित ठगीको मुद्दा फिर्ता लिने सरकारको प्रयास असफल झैं भएको सन्दर्भमा गरिएको भेटलाई अर्थपूर्ण ठानिएको छ । भारतीय राजदूतसँगको भेटपछि लामिछाने त्रिभुवन विमानस्थल हुँदै धनगढी गएका थिए । रास्वपाले आज धनगढीमा सभा गर्दैछ ।

भारतीय राजदूत भेट्नुअघि रविले माइतीघरस्थित अन्नपूर्ण ब्यांक्वेटमा सिन्धुपाल्चोकबाट विभिन्न पार्टी छाडेका नेता कार्यकर्तालाई संक्षिप्त भेटेका थिए । करिब ४० जनालाई सम्बोधन गरेका रविले अन्य पार्टीबाट आएकालाई व्यवस्थापन गर्ने जिम्मा केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *