राजनीति

रास्वपाको पक्षमा माहोल बनाउन काठमाडौंमा छ्यापछ्याप्ती विदेशी नागरिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी ब्रान्डिङ गरिँदैछ भन्ने पछिल्लो उदाहरण सेतोपाटी अनलाइनले चुनाव नै नभई चितवन ३ बाट रेनु दाहाल चुनाव हार्दै, सोविता गौतमले जित्दै भन्ने समाचार नै काफी छ । नेपालबाट विभिन्न कामका लागि विदेश पुगेका नेपाली नागरिकले रास्वपालाई ब्रान्डिङ गर्दै आएको नौलो कुरा भएन । तर यतिबेला विभिन्न देशका नागरिक काठमाडौंमै बसेर रास्वपाले यसपटकको चुनाव जित्दैछ, सरकार बनाउँदैछ भनेर ‘डिजिटल वार’ गरिरहेको रहस्य फेला परेको छ ।

अमेरिका, जर्जिया, बेल्जियमलगायतका देशका सयौं नागरिक यतिबेला काठमाडौंका तारे होटलमा बसेर रास्वपाको पक्षमा माहोल बनाउन लागिपरेको भेटिएको छ । केही दिनअघि मात्रै लाजिम्पाटस्थित होटेल ¥याडिसनमा दुईजना जर्जियन नागरिक र केही रास्वपा समर्थित युवाले त्यहाँबाट बसेर क्याम्पियन चलाएका थिए । उनीहरूले पत्रकार, वकिल, शिक्षक, विद्यार्थी जो स्वतन्त्र खालका छन्, उनीहरूलाई सम्पर्क गरेर रास्वपा जिताऔं अभियानमा सरिक हुन आग्रह गरेका थिए ।

उनीहरूले एउटा यस्तो एपको विकास गरेका छन् जसले यो निर्वाचनमा कसले जित्दैछ भनेर पोलिङ पहिले नै तयार गरेका छन् । आमनिर्वाचन २०८२ को पोलिङ भनेर विकास गरिएको एपमा पहिले नै रास्वपाले ६० प्रतिशत सिट जित्ने प्रक्षेपण गरिएको छ । त्यसपछि कांग्रेसलाई ६ प्रतिशत, एमालेलाई तीन चार प्रतिशत छुट्याइएको छ । आग्रह गरेर भेट्न बोलाएकाहरूलाई उनीहरूले ‘ल हेर्नुस् यसपटक रास्वपाले ६० प्रतिशत सिट जित्दैछ’ भनेर भन्ने गर्छन् । र, सो एप डाउनलोड गर्न आग्रह गर्छन् ।

अन्तर्राष्ट्रिय गिरोहकै आग्रहमा भेट्न पुगेका एक युवकले नेपालमा कुनै पनि भोटिङ पोलिङ गर्न नपाइने, कानुनले वर्जित गरेको छ भनेपछि उनीहरूले सरकारले सामाजिक सञ्जाल विधेयक फिर्ता लिएको भन्ने गरेका छन् । तर विधेयक फिर्ता भए पनि नियमावलीकै आधारमा पनि कुनै पनि विदेशी सामाजिक सञ्जालको प्लेटफर्म नेपालमा दर्ता गर्नुपर्छ भनेर अडान लिएपछि उनीहरू चुप भएका थिए ।

विदेशी नागरिकको टोलीलाई भेटेर फर्र्किएका ती युवकले भयंकर रूपमा नेपालमा अन्तर्राष्ट्रिय चलखेल भित्रभित्रै भइसकेको भन्दै आक्रोश पोखे । अहिलेको सरकार पनि बार्बरा फाउन्डेसनकै जगमा बनेको, तत्कालीन काठमाडौंको मेयर बालेन्द्र साह बालेनको सिफारिसमा बनेको, बालेन अहिले रास्वपा प्रवेश गरेको र उनलाई अमेरिकी युथ काउन्सिलले प्रमोसन गरेकाले पनि यसपटक डिजिटल वारका साथै विदेशी फन्डिङमा चुनावमा उलटफेर गर्ने गरी राजनीतिक विकास भइरहेको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *