काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानले सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयन नभए अनिश्चितकालीन नेपाल बन्द र आम हड्ताल गर्ने चेतावनी दिएको छ।
महाभियानका अध्यक्ष दुर्गा प्रसाईंले आज जारी विज्ञप्तिमा भनेका छन्, “नेपाल सरकारले हामीसँग गरेको १२ बुँदे सहमति फागुन ७ गतेसम्म लागू नगरेको खण्डमा, फागुन ८ गते आन्दोलनको मिति घोषणा गरी अनिश्चितकालीन नेपाल बन्द र आम हड्ताल गर्ने निर्णय गरिनेछ।”
उनले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा पनि जनतालाई मतदान नगरी बहिष्कारमा सहभागी हुन अपिल गरेका छन्। यसमा राष्ट्रवादी, देशभक्त, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, प्रतिष्ठित व्यक्तित्व, मजदुर, किसान, पत्रकार र आम नागरिकलाई लक्षित गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, आन्दोलनको दिन सवारीसाधन, शैक्षिक संस्था, प्रतिष्ठान, कलकारखाना, उद्योग र बजार व्यवसाय सबै बन्द रहनेछन्।




