देश

महाशिवरात्रिले राष्ट्रिय एकता र सांस्कृतिक सद्भाव सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिक मूल्य र सांस्कृतिक एकता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले शुभकामना सन्देश जारी गर्दै भगवान् शिवको आराधनासहित मनाइने यस पर्वले आत्मसंयम, तपस्या, सत्य र सदाचारको मार्गमा अघि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

उनले विविध जातजाति, भाषा, धर्म र संस्कृतिले समृद्ध नेपालमा यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले मौलिक परम्पराको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । महाशिवरात्रि जस्ता पर्वले अनेकताबीचको एकतालाई अझ बलियो बनाउँदै आपसी सद्भाव, सहिष्णुता र सहकार्यको भावना विस्तार गर्ने उनको भनाइ छ ।

शुभकामना सन्देशमार्फत सभापति थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि मंगलकामना व्यक्त गरेका छन् । भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्राप्त होस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन् । सन्देशको अन्त्यमा उनले राष्ट्रिय एकता र समृद्धिको यात्रामा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *