काठमाडौं। नेपाली कांग्रेसले भोलि (आइतबार) का लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।
केही प्राबिधिक समस्याका कारण भोलीको लागि तय भएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
घोषणापत्र सार्वजनिक कार्यक्रमको अर्को मिति छिटै सार्वजनिक गरिने प्रवक्ता देवराज चालिसेले बताए । कांग्रेसले ६ गते मधेश प्रदेशमा चुनावी सभा गर्ने कार्यक्रम राखेका छ ।




