राजनीति

लक्की विष्टको सनसनीपूर्ण खुलासा – भूराजनीतिक खेलको केन्द्रमा अमेरिकाको आँखा नेपालमा

काठमाडौं । पछिल्लो समय ‘जेनजी आन्दोलन’पछि विकसित राजनीतिक घटनाक्रमले देशको आन्तरिक राजनीति मात्रै होइन, बाह्य शक्तिको भूमिकाबारे पनि बहस चर्किएको छ। यही सन्दर्भमा भारतीय पूर्व गुप्तचर एजेन्टको रूपमा चिनिने लक्की विष्ट ले सार्वजनिक गरेको अभिव्यक्तिले नयाँ तरंग पैदा गरेको छ।

विष्टका अनुसार नेपालमा आगामी निर्वाचनलाई प्रभाव पार्ने गरी शक्तिशाली देशहरू सक्रिय छन्। उनले विशेषगरी अमेरिकाको रणनीतिक चलखेलबारे गम्भीर आरोप लगाएका छन्। विश्वकै प्रभावशाली सैन्य संरचनामध्ये एक मानिने  United States Indo-Pacific Command का प्रमुख एडमिरल सामुएल पापरोको काठमाडौं भ्रमणलाई उनले चुनावसँग जोड्दै अर्थपूर्ण बताएका छन्। उनको दाबी छ— निर्वाचनको परिणाम आफ्नो अनुकूल बनाउने उद्देश्यसहित उच्च सैन्य नेतृत्व नेपाल आएको हो। “निर्वाचनपछि बन्ने सरकारलाई प्रभावमा राख्ने रणनीति हुन सक्छ,” उनले उल्लेख गरेका छन्।

यति मात्र होइन, विष्टले बेलायती गुप्तचर संस्थाका एजेन्टसमेत नेपाल आएर फर्किएको दाबी गरेका छन्। यद्यपि यी आरोपहरूको आधिकारिक पुष्टि भने भएको छैन। उनले नेपाललाई अमेरिका, चीन र भारतबीचको रणनीतिक प्रतिस्पर्धाको ‘मोहरा’ बनाइँदै गएको टिप्पणी गरेका छन्। उनका अनुसार दक्षिण एसियाको संवेदनशील भूराजनीतिक अवस्थाबीच नेपाल चक्रव्यूहमा परेको छ। पूर्व एनएसजी कमाण्डोसमेत रहेका विष्ट यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को सुरक्षा टोलीमा काम गरिसकेका व्यक्ति हुन्। यसअघि पनि उनले नेपालका राजनीतिक घटनाक्रमबारे विभिन्न भविष्यवाणी गर्दै आएका थिए।

उनका अभिव्यक्तिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस सुरु गराएको छ। तर सरकारी निकाय वा सम्बन्धित कूटनीतिक पक्षबाट भने यस्ता दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। नेपालको राजनीति आन्तरिक शक्तिसन्तुलनले निर्धारण हुने कि बाह्य रणनीतिक चलखेलले प्रभाव पार्ने— यो प्रश्न यतिबेला थप गहिरो बन्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *