काठमाडौं । नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् ।
यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चीनको परराष्ट्र मन्त्रालय ले चाङलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको हो । चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उपमहानिर्देशकहरूमध्ये एक हुन् ।
नवनियुक्त राजदूत चाङ शुक्रबार बिहान एयर चाइना को जहाजमार्फत काठमाडौं आइपुगेका हुन् । उनलाई चिनियाँ दूतावास काठमाडौं का अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा स्वागत गरेका थिए ।
अब राजदूत माओमिङले रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेपछि औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गर्नेछन् ।




