राजनीति

पूर्वराजा विमानस्थल आउनुअघि दुर्गा प्रसाईँको इन्ट्री, विमानस्थल बाहिर समर्थकको भिड

काठमाडौं। झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं आउँदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समर्थकहरूको भीड देखिएको छ। विभिन्न नाराबाजी गर्दै उनीहरू स्वागतका लागि प्रतीक्षारत छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन्। समर्थकहरूलाई बाहिर नै राखेर उनी पूर्वराजालाई लिन विमानस्थलभित्र प्रवेश गरेका हुन्। प्रसाईंले शाहलाई साथमा लिएर बाहिर आउने बताएका छन्।

पूर्वराजालाई विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम तय भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षाकर्मी उच्च सतर्कतामा छन्।

काठमाडौंका प्रमुख चोकहरूमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। राप्रपासहित विभिन्न राजावादी समूहहरूले पनि स्वागत कार्यक्रमको तयारी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *