देश

हेलिकोप्टरमार्फत् काठमाडौं अवतरण गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह , सुरक्षा व्यवस्था कडा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किँदैछन्, तर यसपटक नियमित हवाई उडान होइन—हेलिकोप्टरमार्फत्। प्रारम्भिक योजना अनुसार बुद्ध एयरको उडानबाट आउने तयारी रहे पनि मौसम प्रतिकूल भएपछि वैकल्पिक व्यवस्था गरिएको स्रोतले जनाएको छ।

उता, राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म स्वागत र्‍याली निकाल्ने तयारी गरेका छन्। यद्यपि, जिल्ला प्रशासन कार्यालयले विमानस्थल र आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने सूचना जारी गरिसकेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै काठमाडौं आसपासका जिल्लाबाट समर्थकलाई स्वागतमा सहभागी हुन आह्वान गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रशासनको निषेधाज्ञाप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय स्वीकार्य नभएको बताएका छन्।

संभावित भीड र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी मुख्यालयले उपत्यकाका प्रमुख स्थानहरूमा ‘हाइ अलर्ट’ जारी गरेको छ। चावहिल, गौशला, एयरपोर्ट, सिनामंगल, तीनकुने हुँदै ग्वार्कोसम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *