काठमाडौं । निर्वाचन नजिकिएसँगै प्रधानमन्त्री सुशीला कार्कीले पाथीभारा माताको दर्शन गरेकी छन् ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरण बनाउनका विभिन्न जिल्लामा पुग्ने क्रममा आज उनले बिहानै पाथीभरा पुगेर दर्शन गरेकी हुन् । प्रधानमन्त्री कार्की पछिल्ला दिनहरुमा विभिन्न जिललामा पुगेर जिल्ला प्रशासन र सुरक्षा निकायसँग चुनावी वातावरण आगामी सुरक्षाका बारेमा बुझ्न व्यस्त छिन् ।
दर्शनपछि कार्कीले सामाजिक सञ्जालमा ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरूआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, लेखेकी छ्न् । प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीसँग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।




