देश

पूर्वप्रधानमन्त्री देउवाले निर्वाचन केन्द्रित अपिलसहितको विज्ञप्ती पत्र सार्वजनिक गरे कांग्रेस पहिलो पार्टी बन्ने सम्भावना उच्च

काठमाडौं । नेपाली कांग्रेसले आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवालाई भावनात्मक अपिल गर्ने तयारी गरेको छ । लामो समय सार्वजनिक रूपमा मौन देखिएका देउवालाई चुनावी प्रचारमा संगै हातेमालो गरेर अघि बढाउन प्रयास गर्ने कांग्रेस स्रोतले जनाएको छ ।

लोकतन्त्रको रक्षा, संविधानको स्थायित्व र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै कांग्रेसलाई एकताबद्ध भएर निर्वाचनमा होमिन आग्रह गर्दै निर्वतमान देउवाले विगतका उपलब्धि स्मरण गराउँदै अहिलेको निर्वाचनलाई “व्यवस्था सुदृढ गर्ने निर्णायक अवसर” का रूपमा व्याख्या गरेमा कांग्रेसलाई निर्वाचनमा बहुमत हासिल गर्न सहज हुने कांग्रेसभित्र चर्चा छ ।

पार्टी स्रोतका अनुसार देउवाको अपिल सार्वजनिक गरेमा कार्यकर्तामाझ सकारात्मक सन्देश प्रवाह हुने विश्लेषण जारी छ । विशेष गरी जेन(जी)आन्दोलनपछिको राजनीतिक तरलता र आन्तरिक मतभेदबीच अघि बढेको कांग्रेसलाई थप शक्तिशाली र एकताबद्ध बन्न मत पुग्ने भन्दै कांग्रेसले अपिलका लागि देउवासँग चाँडै भेट गर्ने कार्यक्रम च्यानल बनिरहेको जनाएको छ  ।

यसअघि कांग्रेसभित्र देउवालाई सक्रिय गराउने विषयमा बहस चले पनि उनको सचिवालयले प्रत्यक्ष चुनावी सभामा सहभागी नहुने संकेत दिएको थियो। तर लिखित अपिलमार्फत देउवाले चुनावी माहोलमा आफ्नो उपस्थिति जनाए भने सम्पूर्ण सिङ्गो कांग्रेसलाई सहज हुने कांग्रेसका एक केन्द्रिय सदष्यले संकल्प खबरलाई बताए । “भावनात्मक र संयमित” भाषामा अपिल सार्वजनिक भएमा कांग्रेसले परम्परागत मतदातासँगै मध्यमार्गी वर्गमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उता, पार्टी सभापति गगनकुमार थापाले देशभर आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेका छन्। ‘फागुन २१ का लागि मेरो २१ दिन’ नारासहित कांग्रेसले संगठनलाई पूर्ण रूपमा चुनाव केन्द्रित बनाएको छ। सातै प्रदेशमा सभा, अनुशासन समिति गठन र परिचालन निर्देशिका कार्यान्वयनमार्फत पार्टीले स्पष्ट रणनीति अघि सारेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस अहिले संगठन, नेतृत्व र सन्देश—तीनै पक्षमा केन्द्रित देखिन्छ। देउवाको अपिलले पुरानो र नयाँ पुस्ताबीच सन्तुलन कायम गर्ने प्रयास भएको संकेत गरेको छ। यदि आन्तरिक मतभेदलाई थाती राख्दै साझा लक्ष्यमा केन्द्रित हुन सके कांग्रेस पहिलो पार्टी बन्ने सम्भावना बलियो देखिएको विश्लेषण गरिएको छ।

जेन(जी) आन्दोलनपछि देखिएको जनअसन्तोष, सुशासनको माग र राजनीतिक स्थायित्वको आवश्यकता—यी सबै मुद्दालाई कांग्रेसले चुनावी एजेन्डामा रूपान्तरण गर्न सके परिणाम आफ्नो पक्षमा पार्न सक्ने आकलन गरिएको छ निर्वाचन आउन अब करिब एक महिना मात्र बाँकी छ। यस्तो अवस्थामा देउवाको अपिलले पार्टी पंक्तिमा उत्साह थप्दै कांग्रेसलाई पुनः पहिलो शक्ति बनाउने लक्ष्यतर्फ अग्रसर गराएको नेताहरूको दाबी छ।

बुधबार आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवामार्फत भावनात्मक अपिल सार्वजनिक गराउने प्रयास भइरहेको बताएका थिए। “उहाँसँग संवाद भइरहेको छ। कम्तीमा एउटा वक्तव्य वा भावनात्मक सन्देश आए पनि पार्टीका लागि सकारात्मक लहर सिर्जना हुन सक्छ,” उनले बताएका थिए। चालिसेका अनुसार, गत असोज २८ मा केन्द्रीय समिति बैठकमा देउवाले दिएको मन्तव्यजस्तै सन्देश निर्वाचनका लागि प्रभावकारी हुन सक्ने आकलन पार्टीको छ। साथै, नेता प्रकाशमान सिंहलाई समेत चुनावी अभियानमा सक्रिय गराउने विषयमा छलफल भइरहेको जानकारी उनले दिए ।

विशेष महाधिवेशनपछि नेतृत्व हस्तान्तरण भएसँगै देउवा पार्टीका औपचारिक गतिविधिबाट प्रायः टाढा देखिँदै आएका छन्। राजनीतिक वृत्तमा यसलाई उनले रोजेको ‘राजनीतिक विश्राम’ का रूपमा व्याख्या गरिएको छ। यसरी पार्टीभित्र उनलाई सक्रिय गराउने चाहना देखिएको बुझिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *