देश

नेपालको निर्वाचन र लोकतन्त्रमा निरन्तर सहयोग गर्ने भारतकाे प्रतिबद्धता

काठमाडौं । नेपालका प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई सफल बनाउन भारतले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनको संवेदनशील समयमा सवारीसाधनसहित आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गरेकोमा भारत सरकारप्रति धन्यवाद ज्ञापन गरिन्। उनले यस्तो सहयोगले निर्वाचन प्रक्रिया सहज र प्रभावकारी बन्न मद्दत पुगेको बताइन्।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालसँग भारतको सम्बन्ध ऐतिहासिक र मित्रवत् रहेको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक प्रक्रियामा सधैं साथ रहने स्पष्ट पारे। छिमेकी राष्ट्रको हैसियतले सहयोग गर्नु भारतको दायित्व भएको उनको भनाइ थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक तथा संवैधानिक स्थिरता भारतका लागि पनि महत्वपूर्ण हुने विषयमा समेत छलफल भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *