देश

पूर्वाधार विकासमा तीन दर्जन कानुन संशोधन गर्नुपर्छ- सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालको पूर्वाधार विकासमा सुधार गर्न कानुनको सुधार गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै देशमा पूर्वाधारको विकास गर्न तीन दर्जन भन्दा बढी कानुनको संशोधन गरेर मात्र गर्न सकिने बताएका हुन् ।

सभापति थापाले योजना छनौटदेखि नै समस्या हुने गरेको बताउदै निर्देशन दिएको भरमा पूर्वाधारको विकास नहुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘पूर्वाधारको सम्बन्धमा सतहमा देखिएको काम मात्र गरेर हुदैन, यसको जरामै पुगेर काम गर्नुपर्छ । पूर्वाधारमा सुशासनको विषय जोडिन्छ तर नियमनकारी निकायले अनुगमनको नाममा हस्तक्षेप गरेर कामै हुन नदिने प्रवृतिलाई पनि रोक्न आवश्यक रहेको छ । यी सबै विषयलाई कानुनले बाध्नुपर्छ ।’

उनले कहिले हामीले ठेकेदार बदमास भन्यौं, कहिले कर्मचारी बदमास भनेर समाधान गर्न खोज्यौं तर यो जादुले हुने कुरा होइन भन्दै यसमा नयाँ जोखिम लिएर निजी क्षेत्रलाई साथमा लिएर जानुपर्ने स्पष्ट गरेका छन् ।

सभापति थापाले नागरिकहरुले भोग्नुपर्ने सास्तीलाई कम गर्ने र ८-१० बर्षमा हुने कामलाई १-२ बर्षमा कसरी गर्न सकिन्छ भनेर आफुहरु आएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *