काठमाडौं । नेपाल आयल निगम लि.को अमलेखगञ्ज –लोथर पेट्रोलियम पाइपलाइन परियोजना अन्र्तगत विभिन्न पाँच टुक्रा पारी निकालिएको टेन्डर आज रद्ध गरिएको छ । टेन्डर प्रक्रियामा गम्भिर त्रुटी देखिएको भन्दै अख्तियार दुरुययोग अनुसन्धान आयोगमा मुद्धा परेपछि उक्त मुद्धाबाट बच्नका लागि परियोजना प्रमूख प्रदिपकुमार यादवले एक दैनिक पत्रिकामा सुचना प्रकाशन गर्दै सो टेन्डर प्रक्रिया रद्ध गरेका हुन् । टेन्डरमा यतिसम्म मिलेमतो गरिएको थियो की,एउटा परियोजनाको एकै प्रकृतिको कामका लागि एउटा टेन्डर हुनुपर्नेमा मिलिभगतमा आफ्ना मान्छेलाई टेन्डर दिलाएर सजिलै कमिसन हात पार्नका लागि यादवले टेन्डरलाई पाँच टुक्रामा विभाजन गरेर २०८२ पौष ८ गतेको जनसवाल नामक दैनिक पत्रिकामा टेन्डर सुचना प्रकाशन गरेका थिए । टेन्डर सुचनामा सम्पर्क न. र इमेल एड्रेस सम्बन्धित कार्यालयको हुनुपर्नेमा प्रमुख यादवले आफ्नै नीजि सम्पर्क मोबाइल न . ९८४१२६९४११ र (इमेल एड्रेस) [email protected] प्रयोग गरेका छन् ।
उनको नियत यसबाट पनि प्रष्ट हुन्छ, उक्त सुचना नेपाल आयल निगमको आधिकारिक वेवसाइड र फेसबुक पेजमा समेत देखिदैँन् । मानार्थ बि.ईको प्रमाणपत्रधारी यादव अब भने अख्तियारमा परेको उनीविरुद्धका अमलेखगञ्ज रक्सोल,मोतिहारी पाइपलाइन विस्तार , अमलेखगञ्ज, पोखरा लगायतका कार्यालयमा निर्माण गरिएको भट्रिकल (भिटी)का मुद्धाबाट उम्कन नसक्ने अवस्थामा पुगेको निगम स्रोतले संकल्प खबरलाई बताएको छ ।




