रिबन

रास्वपाको स्टिकर टाँसेको कारको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको ज्यान गयो, चालक फरार

काठमाडौं ।  रौतहटमा सवारी दुर्घटनामा परेर चार वर्षीया बालिकाको मृत्यु भएको छ। इशनाथ नगरपालिका–३ मठिया टोलमा भएको उक्त घटनामा अल्फा खातुन नाम गरेकी बालिका कारको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो करिब साढे २ बजे बा १५ च ४२४४ नम्बरको कारले बालिकालाई ठक्कर दिएको हो। दुर्घटनापछि रास्वपा स्टिकर टाँसिएको उक्त कारमै बालिकालाई तत्काल गौरस्थित सिटी अस्पताल पुर्‍याइएको थियो।

प्राथमिक उपचारपछि उनलाई प्रादेशिक अस्पताल रिफर गरिएको भए पनि दिउँसो पौने ३ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि बालिकालाई अस्पताल पुर्‍याएका चालक भने फरार रहेका छन्। प्रहरीले कारलाई नियन्त्रणमा लिई चालकको खोजी तीव्र बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *