देश

चुनावी प्रचारमा बालेन झापामा : काठमाडौंको दृश्यले झापाली सुकुमबासीमा डोजर आतंककै त्रास,स्थानीयले सोधे एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ चुनावी प्रचार अभियानका क्रममा झापा पुगेपछि त्यहाँका सुकुमबासी समुदायमा काठमाडौंमा देखिएको डोजर प्रयोगको स्मृतिले त्रास फैलिएको छ। झापा–५ मा स्थानीय नागरिकसँगको अन्तरक्रियामा बालेनले काठमाडौंमा सुकुमबासी बस्ती हटाउन डोजर प्रयोग गर्नुको कारण स्पष्ट पार्दै त्यसलाई मानव जीवनको सुरक्षासँग जोडेर व्याख्या गरे। उनका अनुसार खोलानालाको छेउमा रहेको सार्वजनिक जग्गामा बसोबास गर्दा बर्खायाममा बाढीको ठूलो जोखिम रहने भएकाले समयमै सुरक्षित स्थानमा सार्नुपर्ने बाध्यता थियो।

“काठमाडौंको खोलाछेउ सार्वजनिक जग्गा हो। बर्षा लाग्दा त्यहाँ बस्नेहरूको ज्यान जोखिममा पर्छ,” बालेनले भने, “त्यसैले जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्न डोजर प्रयोग गरिएको हो। यसलाई डोजर आतंक भनेर बुझ्नु गलत हो।” उनले असार महिनादेखि बाढीको जोखिम बढ्ने भएकाले मानवीय सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय गरिएको दाबी गरे। तर काठमाडौंमा देखिएको दृश्यका कारण झापाका सुकुमबासी नागरिकमा पनि त्यस्तै कदम चालिने हो कि भन्ने डर पैदा भएको स्वीकार गरे।

झापाको अवस्था काठमाडौंसँग तुलना गर्न नमिल्ने बताउँदै बालेनले यहाँ त्यस्तो परिस्थिति नरहेको र डोजर प्रयोग नगर्ने आश्वासन दिए। “झापामा काठमाडौंजस्तो जोखिम छैन, यहाँ डोजर चलाउने योजना छैन,” उनले स्पष्ट पारे। उनले नीति र निर्णय सधैं स्थान विशेषको अवस्था हेरेर गरिने भन्दै झापाली सुकुमबासीलाई नआत्तिन आग्रह गरे। गरिबीको चमेली कोही छैने बाेल्दिने भन्दै संगित निकालेर कलाकलारहरु र सामाजिक संजालको पँहुचमा विगतमा काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेनले खोला नाला बचाउने भन्दै खोलाहरु खोतलेर दुर्गन्धित बनाएर मात्र छोडे । अहिले पनि बागमति,धोवीखोला,कपन लगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आसपासमा माक्स नलगाई बस्न नसक्ने अवस्था छ ।

निर्माण कार्य नै सम्मपन्न नगरी प्रधानमन्त्री हुन्ने हल्लासहित चुनावी मैदानमा छन् बालेन,अहिले पनि चुनावी प्रचारमा रहेका बालेन विवादरहित भने छैनन्,उनकै चुनावी प्रचारमा गएका ,उनकै गाडीबाट लडेर बेहोस भएका दिनेश सिटौलाको उपचारकै क्रममा भएको मृत्युपछि बालेनको चुनावी प्रचार र गैर जिम्मेवारीको ट्याग लाग्दै आएको छ ।

बालेनले काठमाडौंको फुट पाथमा साना व्यवसायीहरुको ठेला खोस्न र सुकुम्वासीहरुको टहरामाथि डोजर चलाउन नगरप्रहरी नै परिचालन गरेर आतंक मच्याएका थिए । काठमाडौंका सुकुम्वासीहरुलाई कुनै ठाउँमा व्यवस्थान नगरी मानवीय संवेदना नै नभएको झैँ सुकुम्वासीका घरमा डोजर चलाएपछि झापावासीले अहिले बालेनलाई स्पष्टिकरण सोधेका छन् । बालेनमा एक इन्जियर,¥यापर हुन्,उनको सांगितिक क्षेत्रमा संम्वेदना हुन्छ ,तर व्यवहारिकतामा शून्य देखिन्छ ।

 झापामा बालेनसँग स्थानीयको सिधा प्रश्न : ‘एजेण्डा के हो ?

चुनावी प्रचारका क्रममा झापा पुगेका ‘बालेन’सँग स्थानीयले पार्टी र उनको स्पष्ट एजेण्डाबारे सिधा प्रश्न गरेका छन्। कमल–५ लाई लामो समयदेखि एमालेको बलियो क्षेत्र मानिँदै आएको उल्लेख गर्दै एक स्थानीयले बालेनसँग भने, “चुनाव आइसकेको छ। तपाईँको मात्र होइन, रास्वपाको एजेण्डा के हो भन्ने हामीले पनि बुझ्न पाउनुपर्छ। परिवर्तनका लागि जेनजी आन्दोलनमा युवाहरूले ज्यान गुमाए, तर देशले परिवर्तन पाएन। अब बालेनजीको योजना के छ ?”

स्थानीयको प्रश्नको जवाफ दिँदै बालेनले फागुनको पहिलो सातामा पार्टीको चुनावी मेनिफेस्टो सार्वजनिक गर्ने जानकारी दिए। “एजेण्डा मेनिफेस्टोमै आउँछ,” उनले भने, “शिक्षा, स्वास्थ्य, पूर्वाधार सबैको एजेण्डा फरक–फरक हुन्छ। देशभर एउटै होइन, क्षेत्रअनुसार प्राथमिकता फरक हुन्छ।” डोजर प्रयोग गरेर गरिब हटाउने आरोपबारे प्रश्न उठेपछि बालेनले काठमाडौंमा गरिएको कदम मानवीय सुरक्षाका लागि भएको दाबी गरे। “खोलाछेउमा जोखिममा बसेकालाई सुरक्षित स्थानमा सार्न खोजिएको हो,” उनले भने, “त्यसलाई डोजर आतंक भनेर गलत रूपमा प्रचार गरियो।” खोलाबाहेकका जग्गाको विषय भूमि आयोग र स्थानीय सरकारको सिफारिसमा संघीय सरकारले टुंगो लगाउने उनको भनाइ थियो।

प्रदेश संरचना खारेज गरेर शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा बालेनले संविधानमा लेखिए पनि बजेट अभावले शतप्रतिशत निःशुल्क सेवा सम्भव नभएको बताए। स्थानीयले प्रदेश खारेज गरे बजेट पुग्ने तर्क गरे पनि बालेनले प्रदेशमा अत्यन्त खर्च भएकाले प्रदेश खारेज गर्न सके सबै प्रदेशमा बजेट पुग्ने बालेनको तर्क छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *