देश

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी , चुनाव र समसामयिक विषय केन्द्रमा

काठमाडौं । संघीय सरकारको उच्च निर्णय गर्ने निकाय मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार केही समयअघि बैठक प्रारम्भ भई अहिले पनि जारी छ ।

बैठकमा देशको वर्तमान राजनीतिक तथा प्रशासनिक अवस्थाबारे छलफल भइरहेको छ । विशेषगरी नजिकिँदै गरेको निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन र सरकारी संयन्त्रको भूमिका बैठकको मुख्य एजेन्डा बनेको छ । यसका साथै समसामयिक राष्ट्रिय मुद्दा र तत्काल निर्णय गर्नुपर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । बैठकबाट केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुन सक्ने संकेत प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकलाई चुनावी माहोल र राजनीतिक तरलताका बीच महत्वपूर्ण रूपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *