रिबन

बारामती विमान दुर्घटना : महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ६ जनाकाे निधन

बारामती, महाराष्ट्र । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित बिमानमा सवार सबै छ जनाकै मृत्यु भएको बताइएको छ । दुर्घटना बिहान ८:४५ बजे रनवेमा अवतरण अघि भएको हो। अजित पवार मुंबईबाट बारामती आउँदै थिए, जहाँ उनी पञ्चायत निर्वाचनका चार कार्यक्रमहरूमा सहभागि हुने तय थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *