काठमाडौं । प्रधानमन्त्रीका सम्भावित दाबेदारहरूबीच सार्वजनिक बहस (पब्लिक डिबेट) को चर्चा चुलिँदै जाँदा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सामाजिक सञ्जालमै टकराव देखिएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्रीका दाबेदार नेताहरूबीच प्रत्यक्ष बहस हुनुपर्ने माग बढेपछि ओलीले आफू मञ्चमा उभिएर पब्लिक डिबेट गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको चर्चा गरिएका बालेनले सो प्रस्ताव अस्वीकार गरेका छन् ।
ओलीले जनताको चासो र मागअनुसार पारदर्शी बहस आवश्यक रहेको उल्लेख गर्दै देशको नेतृत्व गर्न चाहने दलहरूले आफ्ना विगतका काम, वर्तमान एजेण्डा र भविष्यको रोडम्याप सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्ने बताएका थिए । उनको उक्त स्टाटसमा प्रतिक्रिया जनाउँदै बालेनले भने ओलीसँग एउटै मञ्चमा उभिनु आफूलाई स्वीकार्य नहुने बताएका हुन् । बालेनले ओलीप्रति लक्षित गर्दै आफूलाई ‘आतङ्कवादी’ ठहर गरिएको सन्दर्भ उठाउँदै कडा शब्दमा प्रतिक्रिया दिएका छन् । उनले बालबालिकाको हत्यासँग जोडिएको आरोप स्मरण गराउँदै त्यस्ता व्यक्तिसँग सार्वजनिक बहसमा उभिनु भनेको आफू पनि त्यसमा सहभागी भएको सन्देश जाने दाबी गरेका छन् ।
“७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,” बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । गत भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमामार्फ आन्दोलनकारी र जेनजी युवाहरुलाई हिंशात्मक बनाउन उक्साएका थिए । आन्दोलन हिंसात्मक बन्दै जाँदा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र अन्य सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुग्दा समेत पनि मेयर बालेन सो रमिता सामाजिक संजालमा हेरेर रमाइरहे, त्यसको बहस अहिले पनि छ । बालेनको रमिताले अहिले चुनावमा उनलाई ठूलो असर पारेको छ । साे हिंशात्मक आन्दोलनमा नेपाली कांग्रेसका सभापति र उनकी पत्नी आरजु देउवालाई मानवताही व्यवहारमा निर्घात कुटपिट गरियो । उनको घरमा भएको सारा सम्पती मात्र जलाइन् उनको बस्ने घरनै जलाएर ध्वस्त बनाए । प्रहरी प्रशासन कार्यालयहरुमा समेत आगो लगाइ प्रहरीहरुमाथि अमानवीय व्यवहार गरे । आन्दोलनकारीहरुले प्रहरीहरुलाई बागमती नदिमा हालेर लखेट्दै कुटे । तर बालेन रमिते बनेका थिए ।
मेयर बालेनले विगतमा सडकमा विहान बेलुका छाक टार्नकै लागि तरकारी बेच्ने व्यापारीको ठेला खोस्न सयौँ मात्रमा नगर प्रहरी परिचालन गरेर साना व्यापारीहरुका सामान बरामत गर्न निर्देशन दिन्थे । तर काठमाडौंँ महानगरभित्र नै यस्तो विध्वंशकारी घट्ना घट्दा बालेनले नत नगरप्रहरी परिचालन गरे, न आगो निभाउने दम्कल नै पठाएका थिए । सिंहदरबारमा लागेको आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाबाट दम्कल ल्याउनु परेको थियो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दम्कल पठाएका थिए । महानगरमा बनेका देशको सम्पति र गौरव र इतिहासको रक्षा गर्ने प्रमूख दायित्व मेयर बालेको थियो । सम्पूर्ण नेपालीको थियो ।
आन्दोलनको दौरान उनले पहिलो पटक सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बालेनको गीत बजाउँदै भौतिक र मानवीय क्षति बढाएका थिए। यदि बालेनले व्यक्तिगत रूपमा आन्दोलनको निर्देशन वा जिम्मेवारी लिएका भए, क्षति कम हुने आंकलन गरिएको थियो । तर मौन रहँदा पनि उनी अप्रत्यक्ष रूपमा आन्दोलनको प्रतीक बने। अन्तरिम सरकार गठनको समयमा पनि बालेनको भूमिका सीमित देखियो। जेनजीले धेरैले मेयरलाई प्रधानमन्त्रीको रूपमा हेरे पनि बालेन सक्रिय भएनन् र सामाजिक सञ्जालमार्फत मात्र नयाँ प्रधानमन्त्री सुशीला कार्कीको समर्थन जनाए। बालेनको व्यवहारले नेतृत्वमा असमानता र दायित्वविहीनता देखाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा आफूले गोली हान्न आदेश नदिएको प्रस्टोक्ति दिइसकेका छन् ।‘बालुवाटारमा सोधेर बसिराखेको थिएँ, क्याजुअल्टी नहोस्, कामना गरेर बसिरहेको थिएँ। गोली चल्यो भन्ने सुनेपछि गोली चलाउने तहमा कसरी पुग्यो? मैले सोधेको छु,’ ओलीले भने । आफ्नो हातमा केही पनि रहेन् भन्ने थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको पनि उनले बताएका छन् । ‘प्रधानमन्त्रीले न गोली चलाउन आदेश दिन्छ, न थाहा पाउँछ। यतापट्टी स्पष्ट हुन आग्रह गर्छु,’ ओलीले भनेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय र सडकमा अनुपस्थित— दृष्टान्तले सार्वजनिक अपेक्षा र व्यक्तिगत सुरक्षा बीचको द्विविधालाई स्पष्ट पार्दछ। जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गएको थियो । तर पछिल्लो समय एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीका दाबेदार उम्मेदवार ओलीमाथि बालेनसमुह सामाजिक संजालबाट भिडन्त गर्ने रणनीतिमा छन् । बालेन सार्वजनिक बहस गर्न नसक्ने व्यक्ति हुन् । ओलीले विकासका एजेण्डा र तथ्यपरक बहस आजको आवश्यकता रहेको भन्दै सार्वजनिक बहस गर्न बालेनलाई ओलीले आग्रह गरेका छन् । तर बालेन निर्वाचनमा हार्ने संकेत देखिएपछि सार्वजनिक गर्न आफू नसक्ने बताइसकेका छन् ।
ओली र बालेन दुवै झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्दैछन् । बालेनले सार्वजनिक बहस अस्वीकार गरेपछि सामाजिक सञ्जालमा भने उनी बहसबाट पन्छिन खोजेको आरोपसहित आलोचनाको सामना गरिरहेका छन् । यसअघि ओलीले नयाँ र पुराना सबै दल चुनावी प्रतिस्पर्धामा रहेको उल्लेख गर्दै ‘देश बनाउने र देश जलाउने’ विचारबीचको प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका थिए । प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न गर्ने व्यवस्था हुनुपर्ने ओलीको प्रस्तावले आगामी दिनमा चुनावी बहस झनै रोचक बन्ने संकेत देखिएको छ ।




