देश

प्रतिनिधिसभा उम्मेदवारी दर्ताका लागि एमाले अध्यक्ष ओली झापामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि आज झापा पुगेका छन् । उनी भद्रपुर विमानस्थलमार्फत झापा आइपुगेका हुन् ।

झापा आगमनका क्रममा ओलीलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार ओली जिल्लामा रहँदा पार्टी संगठन सुदृढीकरण र चुनावी तयारीका विषयमा विभिन्न व्यक्तित्व तथा कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

ओली यसपटक पनि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा छन् । सो क्षेत्रमा यस निर्वाचनमा प्रतिस्पर्धा रोचक हुने संकेत देखिएको छ ।

एमाले स्रोतका अनुसार राष्ट्र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ओलीलाई चुनौती दिने तयारी गरेका छन् । शाह पनि आजै झापा आउने कार्यक्रम रहेको बताइएको छ, जससँगै झापा–५ को चुनावी माहोल थप चासोको विषय बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *