राजनीति

कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिनु लोकतन्त्र र विधिको शासनमाथिको खुला हस्तक्षेप : एमाले सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने सम्भावित निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो निर्णय लोकतन्त्र र विधिको शासनमाथिको खुला हस्तक्षेप हुने दाबी गरेका छन्।

बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमा वैदेशिक शक्तिको प्रभाव देखिनु अत्यन्तै दुर्भाग्यपूर्ण र चिन्ताजनक भएको टिप्पणी गरे। उनका अनुसार यसले मुलुकको संविधानिक प्रणाली र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाएको छ।

उनले वर्तमान परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्ने सबै शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै वैकल्पिक तथा परिमार्जित आन्दोलनको बाटोमा जानुपर्ने बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *