काठमाडौं। नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीको झण्डा ओढेर नै पार्टी फुटाइएको टिप्पणी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वकर्माले यस्तो धारणा राखेका हुन्। उनले भदौ २४ गते राष्ट्रिय झण्डा ओढेर देश जलाइन्छ भन्ने कल्पनासमेत नगरेको भन्दै त्यसकै सन्दर्भ जोड्दै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे।
‘हामीले भदौ २४ गते राष्ट्रिय झण्डा ओढेर देश जलाउँछन् भन्ने कल्पना गरेका थिएनौँ। त्यस्तै पार्टीको झण्डा ओढेर निर्वाचनको बेलामा पार्टीलाई यस्तो अवस्थामा पुर्याइन्छ भन्ने पनि कल्पना गरेका थिएनौँ,’ विश्वकर्माले भने।
उनले स्थापित राजनीतिक दलविरुद्ध योजनाबद्ध षड्यन्त्र भइरहेकाले त्यसबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको बताए।




