राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित ,भोलि बिहान साढे ८ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजका लागि स्थगित गरिएको छ । पार्टी नेतृत्वले बैठक भोलि बिहान साढे ८ बजे बस्ने गरी समय तय गरेको छ ।

केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार तय समयमै बैठक बस्न नसकेपछि अर्को दिनका लागि सार्ने निर्णय गरिएको हो ।

यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठकलाई दिउँसो १ बजेका लागि सारिएको थियो । तर सो समयमा पनि बैठक बस्न नसकेपछि अन्ततः भोलिसम्मका लागि स्थगन गरिएको हो ।

बैठकमा पार्टीका समसामयिक विषय र आगामी कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *