कोशी प्रदेश

कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको सरगर्मी, गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । कोशी प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनको तर्फबाट नेकपा एमालेले दलित समूहबाट सोम पोर्तेल र महिला समूहबाट रोशनी मेचेलाई उम्मेदवार बनाएको छ। त्यसैगरी, अन्य समूहबाट नेपाली कांग्रेसका तर्फबाट सुनील थापाले मनोनयन दर्ता गराएका छन्।

महिला समूहकी उम्मेदवार रोशनी मेचेको प्रस्तावक शोभा चेम्जोङ रहेकी छन् भने समर्थकमा सृजना राई रहेका छन्। दलित समूहका उम्मेदवार सोम पोर्तेलको प्रस्तावक एकराज कार्की र समर्थक छवि चुँडाल रहेका छन्। अन्य समूहका कांग्रेस उम्मेदवार सुनील थापाको प्रस्तावक उद्धव थापा रहेका छन् भने समर्थकका रूपमा रेगिना भट्टराई रहेकी छन्। कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनलाई चासोका साथ हेरिएको छ भने गठबन्धनले साझा उम्मेदवार अघि सार्दै प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *