राजनीति

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग पूर्वप्रधानमन्त्री प्रचण्डको एक घण्टाभन्दा बढी भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीमा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गोप्य भेटवार्ता गरेका छन्।

सूत्रका अनुसार, दाहाल आइतबार साँझ ताजमान सिंह होटलमा डोभालसँग भेटेका थिए। भेटवार्ता एक घण्टाभन्दा बढी समयसम्म चलेको र यसलाई गोप्य राख्न प्रयास गरिएको बताइएको छ।

त्यसैगरी, दाहालले सत्तारुढ भारतीय जनता पार्टीका केही नेतासँग पनि भेट गरेका छन्। पार्टी कार्यक्रममा सहभागी हुन आउने क्रममा आकस्मिक रूपमा दिल्ली आएका दाहाल सोमबार साँझ फर्किने तयारीमा छन्।

राजनीतिक विश्लेषकहरूले यस भेटलाई दुवै देशबीचको रणनीतिक सन्देश र परस्पर समझदारीको संकेतका रूपमा हेरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *