देश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेसले बैठक आज दिउँसो एक बजे बस्ने गरी बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् ।

यसअघि शुक्रबार बसेको बैठकले वैशाखमा महाधिवेशन गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्ताव पारित गरेको थियो । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने पक्षमा छन् भने संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *