देश

बयान दिन नजाने अभिव्यक्ति दिँदै आएका ओलीलाई आयोगको पत्र, जेनजी आन्दोलन छानबिन निर्णायक मोडमा

काठमाडौं ।जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।

यसअघि बयान दिन नजाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका ओलीलाई आयोगले औपचारिक रूपमा पत्र पठाएको हो। आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ। लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई बयानका लागि बोलाएको हो।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री लेखकसँगै सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको जनाएको छ।

सरकारले गत असोज ६ गते पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी जाँचबुझ आयोग गठन गरेको थियो। सुरुमा तीन महिनाको म्याद दिइएको आयोगले तोकिएको अवधिमा काम नसकिएपछि थप एक महिना समय पाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *