देश

काँग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठक शुरु

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समिति बैठक शुरु भएको छ । शुक्रवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो ।

महाधिवेशनसम्बन्धी जारी विवादका बीच यो बैठक महत्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ ।

बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए।  बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *