राजनीति

कांग्रेसको समानुपातिक बन्दसूची सार्वजनिक, ११० नाममा कसको प्रवेश ?

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि तय गरेको बन्दसूचीमा ११० जनाको नाम समावेश गरेको छ । पार्टीभित्र लामो समयसम्म चलेको छलफल र रस्साकस्सीपछि अन्ततः सूची टुंगो लगाइएको हो ।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते बन्दसूची बुझाउने समयसीमा दिएको थियो । सोहीअनुसार कांग्रेसले पुस १४ गते भौचर काटी भोलिपल्ट बिहान १० बजे आयोगमा सूची दर्ता गराएको हो । बन्दसूचीमा पार्टीका १४ पदाधिकारीमध्ये एक जना सहमहामन्त्री मात्र अटाएका छन् । सहमहामन्त्री भीष्मराज आङ्देम्बे आदिवासी जनजाति समूहबाट पहिलो स्थानमा राखिएका छन् ।

यस सूचीमा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम पनि समावेश छ । साथै, कांग्रेसका ११ जना केन्द्रीय सदस्यलाई समेत समानुपातिक बन्दसूचीमा राखिएको छ । केन्द्रीय सदस्यतर्फ समेटिनेहरूमा अर्जुननरसिंह केसी, विद्यादेवी तिमिल्सिना, मानबहादुर नेपाली, गंगा शाही, डा. चन्द्रमोहन यादव, हरिशरण नेपाली, सिता थपलिया (उर्मिला), सितादेवी देवकोटा, रुक्मिणी कोइराला, सुशीला ढकाल आचार्य र गोमाकुमारी भट्टराई रहेका छन् । कांग्रेसको बन्दसूचीले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणलाई संकेत गर्ने विश्लेषण हुन थालेको छ ।

c1-1767096671.JPG

c2-1767096671.JPG

c3-1767096671.JPG

c4-1767096671.JPG

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *