राजनीति

रास्वपामा कुलमान घिसिङ उपसभापतिको जिम्मेवारीमा, उपसभापतिसहित समानुपातिकमा १८ जनाको सुनिश्चितता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व संरचना विस्तारसम्बन्धी महत्वपूर्ण सहमति जुटेको छ। पार्टी सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई उपसभापतिको जिम्मेवारी दिने विषयमा समझदारी बनेको हो।

पार्टी स्रोतका अनुसार सहमतिसम्बन्धी प्रारम्भिक ड्राफ्टमा दुवै पक्षबीच हस्ताक्षरको प्रक्रिया अघि बढिरहेको छ। सहमतिअनुसार घिसिङ रास्वपाको उपसभापति बन्नेछन् भने उनका तर्फबाट १८ जनालाई समानुपातिक निर्वाचन सूचीमा समावेश गरिनेछ।

यसअघि पार्टी सभापतिमा रवि लामिछाने र प्रधानमन्त्रीको उम्मेदवारमा बालेन्द्र शाह (बालेन) रहने सहमति भइसकेको थियो। सोमबार काठमाडौंमा भएको अन्तिम चरणको भेटवार्तापछि दुवै पक्षबीच सहमति कायम भएको स्रोतको दाबी छ। यस सहमतिलाई रास्वपाको आन्तरिक शक्ति सन्तुलन र आगामी निर्वाचन रणनीतिका हिसाबले महत्वपूर्ण मानिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *