राजनीति

निर्वाचन आयोग परिसरमा विरोध प्रदर्शन, केही युवाद्वारा निर्वाचन रोक्न माग

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी चलिरहेका बेला निर्वाचन आयोग परिसरभित्रै विरोध प्रदर्शन भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका समयमा केही युवाले आयोगभित्र नाराबाजी गरेका हुन् ।

प्रदर्शनकारीहरूले निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गर्दै जेन–जीका माग सम्बोधन गर्नुपर्ने, निर्वाचन धोका भएको र दोषीमाथि कारबाही हुनुपर्ने जस्ता नारा लगाएका थिए । नाराबाजी तीव्र बनेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्दै उनीहरूलाई निर्वाचन आयोग परिसरबाट बाहिर निकालेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *