काठमाडौं । हामी नेपाल संस्थाका संयोजक सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका छन्। सुधनको यो भेटवार्ता रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको हालैको सहमतिसँग सम्बन्धित रहेको छ।
आइतबार बालेन र रवि लामिछानेबीच सहमति भए पनि ऊर्जा मन्त्री कुलमान घिसिङ र उनका पार्टी उज्यालो नेपाल यसमा समावेश नभएको कारण सुधन पार्टी कार्यालय पुगेका हुन्।
सुधनले रास्वपा सभापति रवि लामिछाने तथा अन्य शीर्ष नेतासँग बैठक गरेर कुलमान घिसिङ र उनका पार्टीलाई सहमतिमा कसरी समेट्ने भन्ने विषयमा छलफल गर्ने जनाइएको छ। यस भेटले आगामी राजनीतिक संयोजन र गठबन्धन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।




