राजनीति

निर्वाचनमा जान तयार छौँ तर सुरक्षाको चुनौती छ: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

शनिवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए ।

सभापति देउवाले भने ‘सबै पार्टीहरू चुनावमा जान तयार छन् । काँग्रेस लगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्यो । एमाले पनि तयार छ ।’

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *