काठमाडौँ।अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको परिवर्तन भएको तर कानुनी शासन स्थापित हुन नसकेको बताएका छन्।
शनिबार काठमाडौँ आयोजित एक कार्यक्रम उनले अहिले पनि कानुनी शासन मान्नेभन्दा पनि भनसुन गरिदिनुपर्यो भन्नेखालका आग्रहरू आउने गरेको बताए।
आफूलाई विशेष गरेर राजश्व अनुसन्धान विभागले फलानोलाई समात्यो छोडिदिनुपर्यो भन्नेखालका गुनासाहरू आउने गरेको उनको भनाइ छ।
‘यो परिवर्तनपछि पनि मसँग आउने आग्रहहरू राजश्व अनुसन्धान विभागले फलानोलाई समात्यो छोडिदिनुपर्यो भन्नेखालका छन्’, उनले भने। खनालले कानुनको पालना महत्वपूर्ण रहेको बताए।
जे बोलिन्छ त्यही गर्नका निमित्त कतिपय अवस्था नसकिने उनको भनाइ छ। ‘हामी जे बोल्छौँ, त्यही गर्नको निमित्त कतिपय अवस्थामा सक्दैनौँ। प्रणालीमा वाक इन द टकको ठूलो समस्या छ। कुनैपनि दायित्व नलिइकन बोल्दाखेरी जति खुला तरिकाले बोल्न सकिन्छ, त्यही कुरा दायित्व लिँदा गर्नै सकिँदैन’, उनले भने।
कानुन शासन स्थापित गरेमात्र जेनजीले भनेको कुराहरू पूरा गर्न सकिने उनले बताए।




