देश

बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

काठमाडौं । नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन्। उनको आजै पद तथा गोपनीयताको शपथग्रहण तय भएको छ।

प्रधान सेनापतिमा चयन हुन नसकेपछि पनि शर्मा देशका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा सक्रिय रहँदै आएका पूर्वजर्नेल हुन्। शान्ति प्रक्रियाका क्रममा माओवादी लडाकु समायोजन समितिमा रहेर उल्लेखनीय भूमिका खेलेका शर्माले कोभिड–१९ संकटका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा रहेर पनि काम गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *