देश

चुनावी वातावरण बनाउन सरकारको पहल, सञ्चारमन्त्री खरेलको ओलीसँग भेट

काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।शुक्रबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर सञ्चारमन्त्री खरेलले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

मन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए ।त्यस्तै मन्त्री खरेलले आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्दैछन् ।

निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको भन्दै सक्रिय सहभागी नभएपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *