मुख्य समाचार

प्रदेशसभाको बन्द सूचिमा रहेका १९ जनालाई प्रतिनिधिसभा र राष्ट्रियसभामा उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनका क्रममा प्रदेशसभाको समानुपातिकतर्फको बन्द सूचिमा समावेश १९ जनाको नाम हटाएर उनीहरूलाई संघीय तहका विभिन्न चुनावी प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेशसभाको बन्द सूचिमा रहेका ती १९ जनालाई प्रतिनिधिसभा तथा राष्ट्रियसभामा उम्मेदवार बन्न बाटो खुलाइएको जानकारी दिए ।

उनका अनुसार अब ती नेताहरू प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीअन्तर्गत उम्मेदवार बन्न सक्नेछन् भने आवश्यकताअनुसार राष्ट्रियसभामा समेत उम्मेदवारी दिन पाउनेछन् । यस निर्णयलाई औपचारिकता दिन निर्वाचन आयोगमा पत्राचार गर्ने र सम्बन्धित प्रदेशसभा बन्द सूचीबाट नाम हटाउन आवश्यक प्रक्रिया अघि बढाइने पनि प्रवक्ता महतले जानकारी दिए ।

पार्टीभित्र संगठन सुदृढीकरण र जिम्मेवारीको पुनः बाँडफाँडलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बुझाइ कांग्रेस नेताहरूको छ । कार्यसम्पादन समितिको अर्को बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने पार्टीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *