अर्थ

सुनको भाउ ऐतिहासिक उचाइमा

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च विन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार यही मूल्य हालसम्मकै रेकर्ड हो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक मागको प्रभावका कारण सुनको भाउ लगातार उकालो लागिरहेको व्यवसायीहरूको भनाइ छ।

सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँ रहेको चाँदी सोमबार बढेर प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ।

लगातारको मूल्यवृद्धिले सुनचाँदी कारोबारमा प्रभाव पार्ने देखिएको छ भने लगानीकर्ताहरू बजारको आगामी चालप्रति सतर्क बनेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *