देश

एमाले महाधिवेशन: मतदानमा ढिलाई, केन्द्रभित्र प्रवेश गर्ने समय थपियो

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको मतदान लम्बिने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले मतदान केन्द्रभित्र प्रवेश गर्ने समय ३ घण्टा थप गरेर ८ बजेसम्म पुर्याएको छ । यसअघि आयोगले मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्मका लागि तोकेको थियो ।

बुधबार बिहान ९ बजेर २० मिनेट जादा शुरु भएको मतदानमा एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा लागेको बताइएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा २ हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् । मतदानको गति सुस्त भएकाले यो मतदान रातभर चल्न सक्ने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *