काठमाडौं । जेनजी आन्दोलनको नाम लिएर सार्वजनिक मञ्चमा देखिँदै आएका सुदन गुरुङ पछिल्लो समय गम्भीर विवाद र आलोचनाको घेरामा परेका छन्। आफूलाई जेनजीको प्रतिनिधि दाबी गर्दै आएका गुरुङमाथि आन्दोलनलाई व्यक्तिकेन्द्रित बनाएको, असंगत अभिव्यक्ति दिएको र राजनीतिक अपरिपक्वता प्रदर्शन गरेको आरोप खुलेर उठ्न थालेको छ।
जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले गुरुङलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएकी छन्। “नेपाल कसैको प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर,” भन्दै पाण्डेले गुरुङलाई ‘जेठो छोरो’को उपमा दिँदै राजनीतिक चेतनाको अभावमाथि प्रश्न उठाएकी छन्। मिडिया र सार्वजनिक अभिव्यक्तिमा गुरुङले देखाएको व्यवहारलाई लिएर लामो समयदेखि आलोचना हुँदै आएको छ। कहिले “दलहरू आवश्यक छैनन्” भन्ने, फेरि बहुदलीय लोकतन्त्रको वकालत गर्ने, कहिले नेताहरूलाई चुनावमा आउन नदिने घोषणा गर्ने, अनि अन्ततः तिनै दललाई ‘अन्तिम विकल्प’को रूपमा प्रस्तुत गर्ने—यस्ता विरोधाभासी अभिव्यक्तिले उनको राजनीतिक विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ। राष्ट्रपतिले बहुदलीय प्रणालीको समर्थन गरेकै आधारमा आक्रामक र धम्कीपूर्ण भाषा प्रयोग गरिएको आरोप पनि गुरुङमाथि लाग्दै आएको छ। आलोचकहरूका अनुसार यो व्यवहार लोकतान्त्रिक संस्कारभन्दा टाढा, उत्तेजनात्मक र गैरजिम्मेवार छ।
पछिल्ला महिनाहरूमा गुरुङका गतिविधिले जेनजी आन्दोलनलाई भन्दा उनको व्यक्तिगत ब्रान्डिङलाई बढी प्राथमिकता दिएको आरोप व्यापक छ। संसद् भत्काउने–पुनःस्थापना गर्ने, चुनाव गर्ने–नगर्ने जस्ता विषयमा मनपरी धारणा राख्दै सार्वजनिक भ्रम सिर्जना गरिएको भन्दै पाण्डेले कडा टिप्पणी गरेकी हुन् । ७० प्रतिशत सिट माग्ने जस्ता अव्यावहारिक र गैरजिम्मेवार प्रस्तावले राजनीतिक गम्भीरता नबुझेको स्पष्ट देखिने आलोचकहरूको भनाइ छ। “अरूमा क्षमता खोज्ने तर आफ्नै नैतिक र राजनीतिक योग्यतामाथि आत्ममूल्यांकन नगर्ने प्रवृत्ति पूर्ण पाखण्ड हो,” पाण्डेको टिप्पणीले गुरुङमाथि नैतिक संकट औँल्याएको छ। मिडियामा गुरुङ प्रायः विवाद, उत्तेजक अभिव्यक्ति र अस्थिर धारणाकै कारण चर्चामा आएका छन्। आन्दोलनको साझा आवाज बन्नुपर्ने व्यक्ति स्वयं विवादको केन्द्र बन्दै जानु जेनजी आन्दोलनकै लागि नोक्सान भएको टिप्पणी विश्लेषकहरूले गर्दै आएका छन्। तनुजा पाण्डेले गुरुङलाई केही समय विश्राम लिन र आफू दक्ष रहेको क्षेत्रमा सीमित रहन सुझाव दिएकी छन्। गम्भीर राजनीतिक विषयमा अपरिपक्व टिप्पणी गर्दै हिँड्नु देशको शान्ति र लोकतान्त्रिक प्रक्रियाका लागि खतरनाक हुन सक्ने उनको चेतावनी छ।
सुदन गुरुङमाथि उठेका यी प्रश्न र आलोचनाले एउटा गम्भीर बहस खडा गरेको छ—जेनजी आन्दोलन साँच्चिकै सामूहिक परिवर्तनको प्लेटफर्म हो कि कसैको व्यक्तिगत राजनीतिक प्रयोगशाला ? गुरुङ गत भदौ २३ र २४ गते विद्यार्थीहरुलाई एक्कासी माइतीघर मण्डलामा उतारेर, स्वयमसेवकका रुपमा पानी बाड्ने अभियानका संयोजकका रुपमा उत्र्रिएका थिए । हामि नेपालका संयोजकका रुपमा सडकमा देखिएका सुदन गुरुङ एक्कासी आन्दोलनपछि सरकार गठनका लागि काठमाडौँं महामनगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)सँगको सहकार्यकमा अघि बढे । सोही अनुसार पूर्व न्यायाधिस सुशिला कार्कीलाई प्रधानमन्त्री बनाए । उनको नेतृत्वमा सरकार विस्तार भयो । सुशिला कार्की नेतृत्वको सरकारले संसद विघटन ग¥यो । तर सो सरकार अनाधिकृत गठन भएको भन्दै चौतर्फी आलोचना भएको छ । उनले सो आन्दोलनमा आगजनि र सरकारी तथा नीजि सम्पतीमाथि गैरक्रियाकलाप गर्नेमाथि अन्तरिम सरकार र प्रहरीले अनुसन्धान गर्न नहुने भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको सुरुपमा राजीनामा मागे । त्यसपछि प्रधानमन्त्री कार्कीको पनि राजीनामा मागे ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा सरकारी तथा नीजि र संस्थागत सम्पतिमाथि तोडफोड र आगजनी गर्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढाएपछि गुरुङले गृहमन्त्री अर्यालको राजीनामा मागेका थिए । यस्तै सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा दैनिक विभिन्न अनावाश्यक विषयमा युवाहरु लग्ने गरेर सरकारमाथि हमला गर्ने रणनीति बनाएपछि प्रधानमन्त्री कार्यालयमा उनलाई प्रतिबन्ध लगाइएको भन्दै गुरुङले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।
यस्तै केहीसमयअघि बाराको सिमरामा गुरुङकै उक्साहटमा जेनजी युवाहरुले एमालेका नेता तथा कार्यकर्ताहरुमाथि हमला गरेका थिए । नेकपा एमालेले बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा पुग्ने सुनेपछि गुरुङको उक्साहटमा जेनजी युवाहरुले एमाले नेता तथा कार्यकर्ताहरुमाथि हमला गरेका थिए । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका थिए । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको थियो । युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागि आह्वान गरेका थिए । सोही कारण सिमरा क्षेत्रमा तनाबग्रस्त बनेको थियो ।
जेनजी आन्दोलनकारीले नागरिकको सुरक्षामा खािटएका प्रहरीमाथि ढुङ्गामुढा र लाठ्ठी प्रहार गर्दै लखेटेका थिए । तर उल्टे गुरुङ बारामा पुगेर डियसपी र सिडियो समेतलाई प्रहरीले नागरिकको सुरक्षा गर्न नसकेको भन्दै धम्क्याएका थिए । जेनजी आन्दोलनमा प्रहरीमाथि बारम्बार हमला भएको भन्दै नेपाल प्रहरी प्रमूखले समेत सरकारले प्रहरीको सुरक्षा नगरे नागरिकको सुरक्षामा खटन् नसकिने बताएका छन् । पछिल्ला जुनसुकै आन्दोलनमा पनि प्रहरी असुरक्षाको निसानामा पर्ने गरेका छन् ।
गुरुङले पुराना र नयाँको विभेद झिकेर युवापुस्ताहरुलाई लोकतान्त्रिक दलहरुलाई नेपालबाट नै विस्थापित गर्नुपर्ने भन्दै हमला गर्न उक्साए । त्यसपछि नेकपा एमालेमाथि ठूलो हमला भयो । त्यसअघि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेस सभापति दम्पदीमाथि नै रक्ताम्मे हुने गरी हमला गरे । तर गुरुङले हिंशात्मक आन्दोलन नगर्न कसैलाई न सल्लाह दिए न सो अभियान न्यूनीकरणका लागि अभियान नै चलाए । जेनजी आन्दोलनलाई हिंशात्मक गर्ने अभियानमा सक्रिय रुपमा लागेका गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान गर्न नेपाली कांग्रेस, नेविसंघ,नेकपा एमाले तथा युवासंघले उजुरी नै दिएको थियो । तर नागरिकता विवादमा ठूलो आलोचना भएको थियो गुरुङमाथि तर जिल्ला प्रसाशनले समेत कुुनै आधिकारीक पत्र सार्वजनिक गरेनन् । न सरकारले नै उनीमाथि उठेका प्रश्नमा प्रष्ट जवाफ नागरिकहरुमाथि दियो । यसले गुरुङ र अन्तरिम सरकारमाथि नै प्रश्न चिह्न खडा भएका छन् । गुरुङ बारबारा फान्डेसनको सदस्य भएको समेत जानकारी भयो तर उनको बारेमा अहिलेसम्म कुनै पनि अनुसन्धान सरकारले किन गरेन ?
गुरुङ असल बौद्धिक क्षमता भएका व्यक्तिका रुपमा परिचित छैनन्, विगतमा ठमेलमा क्लव संचालन गरेर अथाह पैसा संचालन गर्दै बारबारा फान्डेसनको सदस्य भएपछि स्वयम सेवकका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । विगतमा गुरुङले गरेका कुराहरु र हाल गर्दै गरेका विषयमा कडा आलोचना भइरहेको छ । विभिन्न अफिसमा र मन्त्रालयमा जेनजी युवाहरुलाई साथ लिएर कर्मचारीहरुमाथि अनैतिक गविधिविमा सक्रिय गुरुङ अब संसद पुनःस्थापना गरेर संविधान संसोधन गरेर पुनः सरकार विगठन गरेर युवाहरुको सरकार बनाउनुपर्ने भन्दै विभिन्न टेलिभिजनमा अन्तर्वाता दिन व्यस्त छन् । जेनजी युवाहरु,दलका नेताहरु र अन्तरिम सकारसमेत गुरुङको अराजकीय शैलीका कारण वाक्क भइसकेका छन् । उनलाई जेनजीका लिडरका रुपमा अन्य जेनजी समुहरुले संम्बोधन गर्दै आएका थिए तर अहिले गुरुङमाथि जेनजी आन्दोलनमा घाइते भएकाहरु,विभिन्न संगठनमा जोडिएका जेनजी समुहरु र दलका जेनजीहरुले समेत राजनीतिबाट बिदा लिएर आफ्नो काममा फर्किन सुझाव दिइरहेका छन् ।
जेनजी आन्दोलनपछि मुलुकले भोगेको आर्थिक–सामाजिक धक्काको विस्तृत मूल्यांकन सरकारसमक्ष पुगेको छ। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा बनेको उच्चस्तरीय समिति ७५ दिनको मूल्यांकनपछि आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन बुझाइसकेको छ। जेनजी आन्दोलनमा भौतिक क्षतिमात्रै ८४ अर्ब ४५ करोडको भएको छ । ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित २,१६८ निकायरसंस्था,२,६७१ भवन, १२,६५९ सवारीसाधन क्षतिग्रस्त भएका छन्। भवन क्षतिमात्रै ३९ अर्ब ३१ करोड बराबरको छ। सवारी साधनमा भएको नोक्सानी १२ अर्ब ९३ करोड नाघेको छ। कुल क्षतिमा सरकारी–सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड र निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड सामुदायिक क्षेत्रमा ५ अर्ब ९७ करोडको क्षेती भएको मूल्यांकन गरिएको छ।
सरकारी नोक्सानीमध्ये पनि संघीय सरकारको हिस्सा ६८ प्रतिशत पुगेको छ । यसले पुनर्निर्माणको वित्तीय भार संघीय ढाडमै केन्द्रित हुने संकेत दिएको छ । जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । सो क्षेती व्यावस्थापन र पुनः निर्माण गर्ने विषयमा गुरुङले अहिलेसम्म मुख समेत खोलेका छैनन्, बरु पुन सरकारले निर्वाचन गराउन खोजे सो भन्दा ठूलो क्षेति गर्ने योजनाका साथ अघि बढेको स्रोतको दाबी छ । विश्वासनीय स्रोतका अनुसार अहिले गुरुङ नेपाली कम्युनिष्ट पाटीका संयोजक प्रचण्ड, रास्वपा,राप्रपा , ,दुर्गा प्रसाईँसँगको निरन्तरको छलफलमा जुटेका छन् । सोही अनुसार गुरुङले विभिन्न मिडियहरुमा गएर अभिव्यक्तिहरु ओकल्दै आएका छन् । सो विषयमा समेत अन्तरिम सरकार र सुरक्षा निकायले निकै गम्भिर भएर सोच्ने बेला आएको छ ।
‘जनआन्दोलन’ को मान्यता दिँदै सरकार र जेनजी समूहबीच गत मंसिर २५ गते भएको दशबुँदे सम्झौताप्रति प्रमुख राजनीतिक दलहरूले आपत्ति जनाएका छन् । संविधान, कानुन र राजनीतिक सुधारका विषय समेटिएको सम्झौताबारे जेनजी प्रतिनिधिहरू सन्तुष्ट देखिए पनि दलहरूले यसको वैधानिकता र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिहरूबीच तीन महिनादेखिको संवादपछि औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर भएपछि गुरुङले सो आन्दोलनमा पक्राउ परेकाहरुलाई जेलमुक्त गर्न भन्दै गुरुङ र उनको समुहले सरकारलाई दबाब दिन थालेको छ । सोही अनुसार अन्तरिम सरकार समेत अघि बढेको छ । सो विषयमा समेत गहिरो प्रश्न चिह्न खडा भएको छ ।
जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले गुरुङविरुद्ध सामाजिक संचालमा गरेको पोष्ट यस्तो छ :





