देश

मुख्यमन्त्री यादवको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। यसअन्तर्गत नियुक्त दुई मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार साँझ लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० की रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयको, जबकि माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी लिएर शपथ लिएका हुन्।

यसैबीच, बिना विभागीय मन्त्रीका रूपमा रहेका कांग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, र कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

mantri

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *